गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता

हिमाल प्रेस १९ साउन २०८३ १७:४७ | Tuesday, August 4, 2026
6
SHARES
गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता फाइल तस्बिर

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रवीन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ।

वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल सुरु भएको हो।

यही साउन १० गते राति कोशी प्रदेशको सुनसरीस्थित देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटनामा घाइते भई शिक्षण अस्पतालमा उपचाररत २२ बर्से मेहताको उपचारका क्रममा निधन भएको थियो।

यसअघि आजै गृहमन्त्री सुधन गुरुङले हिन्दु र मुस्लिम समुदायका नेताहरूसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल गरे।

गृह मन्त्रालयमा भएको छुट्टाछुट्टै भेटमा दुवै समुदायका विभिन्न नेताहरूको सहभागिता थियो।

छलफलमा पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा देखिएको अवस्था, विवाद, शान्ति, सुरक्षा र आपसी सद्भावका विषयमा छलफल गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ।

प्रकाशित: १९ साउन २०८३ १७:४७ | Tuesday, August 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast