मोबाइल चार्ज गर्न पाँच दिनपछि धुन्चेमा जेनेरेटर

हिमाल प्रेस १५ भदौ २०८३ १४:४४ | Monday, August 31, 2026
मोबाइल चार्ज गर्न पाँच दिनपछि धुन्चेमा जेनेरेटर

रसुवा- जिल्ला सदरमुकाम धुन्चेमा मोबाइल फोन चार्जका लागि जेनेरेटर ल्याइएको छ।

भोटेकोशी नदीमा यही भदौ १० गते आएको अकल्पनीय विनाशकारी बाढीका कारण विगत पाँच दिनदेखि जिल्लाभर विद्युत् सेवा पूर्णरूपमा अवरुद्ध छ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तराष्ट्रिय महासंघ (आइएफआरसी) का सहयोगमा नेपाल रेडक्रस सोसाइटीले ‘जेनेरेटर’ यहाँ ल्याएको हो।

विद्युत सेवा अवरुद्ध हुँदा स्थानीयवासीसहित धुन्चे रहेका बाढी पीडित र तीर्थालु आफन्त तथा बाहिरी संसारसँगको सम्पर्कबाट विच्छेद हुनुपरेको थियो।

यसका लागि नेपाल रेडक्रस सोसाइटी रसुवा शाखा र तिलगंगा आँखा केन्द्रले संयुक्त पहल गरेका थिए। सदरमुकाम धुन्चेमा जेनेरेटर ल्याइएसँगै निःशुल्क मोबाइल चार्ज गर्ने व्यवस्था मिलाइएको छ।

मोबाइल चार्जबाट टाढा रहेका आफन्तलाई ‘म सुरक्षित छु’ भन्ने सन्देश पठाउन सहज बनेको छ। सदरमुकाममा जेनेरेटरमार्फत मोबाइल चार्ज गर्न पाउँदा स्थानीयवासी तथा टाढा टाढाबाट आएका सेवाग्राहीलाई राहत मिलेको छ।

चार्ज गर्ने सुविधा पाएपछि जिल्लावासीले आफ्ना आफन्तहरूसँग पुनः सम्पर्क स्थापित गर्न सफल भएका छन्।

प्रकाशित: १५ भदौ २०८३ १४:४४ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast