बजारमा ग्यास अभाव

हिमाल प्रेस १७ साउन २०८३ २१:१५ | Sunday, August 2, 2026
8
SHARES
बजारमा ग्यास अभाव

काठमाडौँ- देशका विभिन्न ठाउँमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिन थालेको छ।

बजारमा ग्यास अभाव भएपछि राजधानी काठमाडौँलगायत देशका विभिन्न स्थानमा रहेका ग्यास डिपोहरूमा ग्यास लिनका लागि सर्वसाधारणको भीड लागेको छ।

नेपाल आयल निगमले साउनदेखि भरि सिलिन्डर (१४.२ केजी) वितरण गर्न थालेसँगै बजारमा ग्यास अभावको समस्या एकसाथ देखिन थालेको हो।

यस अघिसम्म आयल निगमकै निर्णयअनुसार आधा सिलिन्डर (७.१ केजी) बिक्री वितरण शुरू गरिएको थियो। साउनदेखि फुल अर्थात् १४.२ केजी सिलिन्डर वितरण शुरू गरेदेखि आपूर्ति शृंखला खलबलिएको निगमले जनाएको छ।

काठमाडौँमा ग्यासको समस्यालाई हेर्दै आयल निगमले टेकुस्थित कार्यालयबाट ग्यास वितरण शुरू गरेको छ। ग्यास लिन निगमको टेकुस्थित कार्यालय पुगेका उपभोक्ताहरुले भने लामो समय लाइन बस्दा पनि ग्यास नपाएको भन्दै गुनासो गरेका छन्।

उनीहरुले डिलरले बजारमा हल्लाकै आधारमा ग्यास अभाव सृजाना गरेको भन्दै संघ र स्थानीय सरकारले अनुगमन गरेर ग्यास आपुर्तीलाइ सहज बनाउनुपर्ने बताएका छन्।

यता निगमले भने तत्काल ग्यास नभई नहुनेका लागि टेकुस्थित कार्यालयबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बिक्री–वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ।

प्रकाशित: १७ साउन २०८३ २१:१५ | Sunday, August 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast