ग्यासको समस्या अझै समाधान भएन, सरकारको योजना के हो? : सांसद आचार्य

हिमाल प्रेस २ भदौ २०८३ १२:१७ | Tuesday, August 18, 2026
4
SHARES
ग्यासको समस्या अझै समाधान भएन, सरकारको योजना के हो? : सांसद आचार्य

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मोहनलाल आचार्यले बजारमा देखिएको खाना पकाउने ग्यासको समस्या अझै समाधान नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले सदनमा ग्यासको समस्या नरहेको बताए पनि व्यवहारमा उपभोक्ताले अझै सास्ती भोगिरहेको बताए।

उनले भने,‘उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले केही समयअघि सदनमा आएर ग्यासको कुनै समस्या छैन भन्नुभएको थियो तर व्यवहारमा अझै पनि उपभोक्ताले ग्यासको समस्या भोगिरहेका छन्। समस्या अझै समाधान भएको छैन।’

सांसद आचार्यले ग्यासको आपूर्ति सहज बनाउन सरकारको योजना के छ भन्ने प्रश्न गर्दै तत्काल समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न माग गरे।

उनले खाना पकाउने ग्यासको विकल्प तथा विद्युतीय ऊर्जाको प्रयोगलाई प्रभावकारी बनाउने विषयमा सरकारको स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए।

‘ग्यास कसरी उपलब्ध गराउने? यसको विकल्प के हो? विद्युतीय सामग्रीको प्रयोगलाई कसरी प्रभावकारी बनाउने भन्ने लगायतका विषयमा सरकारको जवाफ चाहियो,’ उनले भने।

मन्त्रीले सदनमा ग्यासको समस्या नरहेको बताइरहँदा उपभोक्ताले भने समस्या भोगिरहनु विडम्बनापूर्ण भएको भन्दै उनले तत्काल समाधान खोज्न सरकारलाई आग्रह गरे।

प्रकाशित: २ भदौ २०८३ १२:१७ | Tuesday, August 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast