महेन्द्रनगर- कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ।
बेलौरी नगरपालिका-१ खल्लाबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेको रु ५७ हजार बराबरको तीन क्विन्टल ५० किलो तोरी र चार थान साइकलसहित उनीहरूलाई बिहीबार नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेकबहादुर रावतका अनुसार भारतबाट भन्सार छली ल्याइएका रु २५ हजार बराबरका पेय पदार्थ, बिडी,बोइलर कुखुरा बेलौरी नगरपालिका-२ बैजुडाँडा फालिएको अवस्थामा भेटिएका छन्।
सामान पनि स्थानीय टेडुवा प्रहरीचौकीले बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ।
प्रकाशित: २२ साउन २०८३ १२:१५ | Friday, August 7, 2026
प्रतिक्रिया


