नागरिकका गुनासा सुन्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति ओजस्वी शेरचन

हिमाल प्रेस ५ भदौ २०८३ १४:२८ | Friday, August 21, 2026
नागरिकका गुनासा सुन्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति ओजस्वी शेरचन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घण्टीघरमा शुक्रबार प्रतिनिधिसभा सदस्य डाओजस्वी शेरचनले नागरिकका गुनासा तथा समस्या सुनेकी छन्।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिसमेत रहेकी शेरचनले कार्यालयमा आएका नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, गुनासा तथा सुझाव संकलन गरेकी हुन्।

नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या सुन्ने र सम्बन्धित निकायमार्फत समाधानका लागि पहल गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो।

नागरिकले शिक्षा, स्वास्थ्यलगायत विभिन्न विषयमा आफ्ना समस्या तथा गुनासा सांसद शेरचनसमक्ष राखेका थिए।

शेरचनले नागरिकबाट प्राप्त गुनासा तथा सुझावलाई आफ्नो जिम्मेवारीसँग जोडेर सम्बन्धित निकायमा आवश्यक पहल गर्ने बताएकी छन्।

प्रकाशित: ५ भदौ २०८३ १४:२८ | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast