संवादलाई आत्मसमर्पण नठान्न इरानको चेतावनी

हिमाल प्रेस २३ साउन २०८३ २०:२४ | Saturday, August 8, 2026
संवादलाई आत्मसमर्पण नठान्न इरानको चेतावनी

काठमाडौँ- इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आफ्ना अधिकारहरूको रक्षाका लागि संवादलाई प्राथमिकता दिन तयार रहेको बताएका छन्।

तर संवाद गर्न तयार हुनु भनेको आत्मसमर्पणका लागि तयार हुनु भन्ने नसोच्न पनि उनले चेतावनी दिएका छन्।

पेजेस्कियानले आफ्नो कार्यालयको वेबसाइटमा प्रकाशित अन्तर्वार्तामा यी कुरा बताएका हुन्।

उनले संयुक्त राज्य अमेरिकासँग वार्तामा प्रवेश गर्ने र युद्ध समाप्त गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्ने इरानी सरकारको निर्णयको बचाउ पनि गरेका छन्।

पेजेस्कियानले भने, ‘जबसम्म संयुक्त राज्य अमेरिका समझदारी पत्रअन्तर्गत आफ्ना प्रतिबद्धताहरू पूरा गर्छ, इरान आफ्ना दायित्वहरूप्रति प्रतिबद्ध रहन्छ। जहाँ उनीहरूले आफ्नो प्रतिबद्धता पूरा गर्न असफल हुन्छन्, त्यहाँ हामीलाई अगाडि बढ्ने कुनै दायित्व रहने छैन।’

यस हप्ताको सुरुमा पेजेस्कियानले पदबाट राजीनामा दिने अफवाहलाई उनले अस्वीकार गरेका छन्।

यी टिप्पणीहरू समझदारीपत्रलाई लिएर इरानको नेतृत्वभित्र ‘विभाजन’ भएको अफवाहका बीच आएका थिए।

जुन महिनामा इरान र संयुक्त राज्य अमेरिकाले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए, जसअनुसार दुवै पक्षले अन्तिम सम्झौतामा पुग्न ६० दिनभित्र वार्ता गर्ने तालिका बनाएका थिए।

तर दुवै पक्षबीच फेरि तनाव बढेपछि वार्ताको भविष्य अनिश्चित बनेको छ।-रासस/सिन्ह्वा

प्रकाशित: २३ साउन २०८३ २०:२४ | Saturday, August 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast