काठमाडौँ- नेपाल आयल निगमले आइतबार ग्यास वितरणका लागि सात विक्री केन्द्र तोकेको छ ।
निगमले सात विक्री केन्द्रबाट विभिन्न ब्रान्डका ग्यास विक्री गर्ने जनाइएको छ । निगमको सूचना अनुसार टेकु परिसरमा नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीराम र सगर ग्यास वितरण हुनेछ ।
पशु सेवा शाखा चपली बुढानीलकण्ठमा नेपाल, एचपी र भानु उपलब्ध हुनेछ । यस्तै,राधास्वामी, कीर्तिपुरमा नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया विक्री हुनेछ । नयाँ बजार जुडो हल परिसरबाट नेपाल, एचपी र ओम ग्यास वितरण हुनेछ ।
यस्तै, तारकेश्वर नगरपालिका परिसरबाट नेपाल र एचपी ग्यास वितरण हुने निगमले जनाएको छ । चन्द्रागिरी नगरपालिकाबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया वितरण हुनेछ भने राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेष्टरसुगम र एसटीसी विक्री हुने निगमले जनाएको छ ।
निगमले नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित ग्यास विक्री केन्द्रमा आउन उपभोक्तालाई आग्रह गरेको छ ।
निगमले शनिबार काठमाडौंका पाँच स्थानबाट ६ हजार ८०२ थान खाना पकाउने ग्यास विक्री गरेको थियो । निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा पाँच विक्री केन्द्र तोकेको थियो । सबैभन्दा बढी निगमको टेकु परिसरबाट दुई हजार २९० ग्यास सिलिण्डर विक्री भएको छ ।
यस्तै, बबरमहल केन्द्रबाट १६०० थान र कीर्तिपुरको राधास्वामी केन्द्रबाट ७६२ थान ग्यास विक्री भएको निगमले जनाएको छ । यस्तै, यातायात कार्यालय चाबहिलबाट ७२० र राधास्वामी केन्द्रबाट ६०० ग्यास सिलिण्डर विक्री भएको हो ।
यस्तै, बालाजुबाट ५०० थान र साल्ट ट्रेडिङ जडिबुटी तथा कालिमबाटी काउन्टरबाट ३३० ग्यास विक्री भएको हो ।


