देउवाको स्वागतका लागि विमानस्थल पुगे कांग्रेस इतरपक्षका नेता, देखिएनन् संस्थापनपक्षका

हिमाल प्रेस २८ साउन २०८३ १२:२४ | Thursday, August 13, 2026
16
SHARES
देउवाको स्वागतका लागि विमानस्थल पुगे कांग्रेस इतरपक्षका नेता, देखिएनन् संस्थापनपक्षका

काठमाडौँ- लामो समय उपचारका लागि विदेश गएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा अबको केही समयपछि काठमाडौँ उत्रिँदैछन्। उनको स्वागतका लागि कांग्रेसका नेताहरू अहिले त्रिभुवन विमानस्थल पुगेका छन्।

देउवाको स्वागतलाई राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा स्वागत गर्ने तयारी गरेका छन् । अहिलेसम्म पूर्णबहादुर खड्का, प्रकाशशरण महत, एनपी साउद, विमलेन्द्र निधी, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, मीन विश्वकर्मा, मोहनबहादुर बस्नेत, उमाकान्त चौधरीलगायत शीर्ष नेता एयरपोर्टमा पुगिसकेका छन् । हालसम्म विमानस्थलमा कांग्रेस संस्थापन खेमाका नेताहरू देखिएका छैनन्।

हालका सभापति गगन थापा पक्षका नेताहरू भने कार्य समिति बैठकका लागि सानेपा जाँदै गरेको बताइएको छ। कांग्रेसमा विशेष महाधिवेशनबाट थापा सभापति बनेपछि विवाद बढेको छ। इतरपक्ष मानिने देउवा खेमाले भोलि नै काठमाडौँमा भेला गर्दैछ।

प्रकाशित: २८ साउन २०८३ १२:२४ | Thursday, August 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast