तस्बिर : एएफपी
काठमाडौँ- रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने यमनको मारिब प्रान्तमा इरान समर्थित हुथी विद्रोहीहरूले गरेको पछिल्लो आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ।
सैन्य तथा स्वास्थ्य स्रोतका अनुसार सन् २०२२ मा साउदी समर्थित यमन सरकार र हुथी विद्रोहीबीच भएको युद्धविराम अन्त्य भएयता क्षेत्रमा हिंसा पुनः भड्किएको हो।
यसै साताको बिहीबार मारिब प्रान्तमा भएको मिसाइल तथा ड्रोन आक्रमणमा थप ५८ जना यमनी सरकारी सैनिक मारिएका थिए।
सर्वसाधारण र सैन्य शिविर लक्ष्यरणनीतिक रूपमा महत्त्वपूर्ण मानिने यमनको मारिब प्रान्तमा इरान समर्थित हुथी विद्रोहीहरूले गरेको पछिल्लो आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ। सैन्य तथा स्वास्थ्य स्रोतका अनुसार सन् २०२२ मा साउदी समर्थित यमन सरकार र हुथी विद्रोहीबीच भएको युद्धविराम अन्त्य भएयता क्षेत्रमा हिंसा पुनः भड्किएको हो।
यसै साताको बिहीबार मारिब प्रान्तमा भएको मिसाइल तथा ड्रोन आक्रमणमा थप ५८ जना यमनी सरकारी सैनिक मारिएका थिए।
यमनका स्वास्थ्यमन्त्री कासिम बुहाइबेहका अनुसार हुथी मिलिसियाले मारिब सहरका आवासीय क्षेत्र र विस्थापित शिविरहरूलाई लक्षित गरी गोलाबारी गरेका थिए। यस आक्रमणमा परी दुई जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य १४ जना घाइते भएका छन्।
यस्तै, यमनी सैन्य स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएअनुसार सरकारी सेनाका आठ जना सैनिकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। हुथीहरूले मारिब प्रान्तमा १० भन्दा बढी मिसाइल र सात वटा विस्फोटक ड्रोनहरू प्रहार गरेका थिए।
अर्कोतर्फ, हुथी प्रवक्ता याह्या सारीले साउदी समर्थित सेनाको साहन अल–जिन शिविरलाई लक्षित गरी हतियार, सैन्य गाडी तथा उपकरणहरू ध्वस्त पार्ने उद्देश्यले आक्रमण गरिएको दाबी गरेका छन्।
यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रन्डबर्गले विज्ञप्ति जारी गर्दै यमनमा फेरि ठूलो स्तरको द्वन्द्व दोहोरिने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
अमेरिका र इरानबीच बढ्दो तनावका बीच उनले सबै पक्षलाई संयमता अपनाउन र वार्ताको टेबलमा फर्कन आग्रह गरेका छन्।
साउदी नेतृत्वको गठबन्धनका नजिक रहेका स्रोतका अनुसार साउदी अरबले तनाव बढाउन नचाहे पनि मारिब प्रान्तमा हुथीहरूको पूर्ण कब्जा भने स्वीकार नगर्ने स्पष्ट पारेको छ।
मारिब प्रान्त यमन सरकार र हुथी विद्रोहीबीच विभाजित छ। यो क्षेत्र तेल स्रोत र रणनीतिक स्थानका हिसाबले निकै महत्त्वपूर्ण मानिन्छ।
सन् २०२१ मा हुथीहरूले मारिब कब्जा गर्न तीव्र आक्रमण सुरु गरेका थिए, जुन सन् २०२२ को संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविरामपछि साम्य भएको थियो।
तर, गत महिना युद्धविरामको अन्त्य भएसँगै यमन पुनः एक दशक लामो गृहयुद्धको नयाँ मोडमा धकेलिएको छ।
यमनका स्वास्थ्य मन्त्री कासिम बुहाइबेहका अनुसार हुथी मिलिसियाले मारिब सहरका आवासीय क्षेत्र र विस्थापित शिविरहरूलाई लक्षित गरी गोलाबारी गरेका थिए। यस आक्रमणमा परी दुई जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य १४ जना घाइते भएका छन्।
यस्तै, यमनी सैन्य स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाए अनुसार सरकारी सेनाका आठ जना सैनिकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
हुथीहरूले मारिब प्रान्तमा १० भन्दा बढी मिसाइल र सात वटा विस्फोटक ड्रोनहरू प्रहार गरेका थिए।
अर्कोतर्फ, हुथी प्रवक्ता याह्या सारीले साउदी समर्थित सेनाको साहन अल–जिन शिविरलाई लक्षित गरी हतियार, सैन्य गाडी तथा उपकरणहरू ध्वस्त पार्ने उद्देश्यले आक्रमण गरिएको दाबी गरेका छन्।
यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रन्डबर्गले एक विज्ञप्ति जारी गर्दै यमनमा फेरि ठूलो स्तरको द्वन्द्व दोहोरिने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।