संविधान संशोधन गरेर सीमान्तकृतका हकहितका विषय समेटिनुपर्छ : आङ्देम्बे

हिमाल प्रेस २४ साउन २०८३ २०:३९ | Sunday, August 9, 2026
4
SHARES
संविधान संशोधन गरेर सीमान्तकृतका हकहितका विषय समेटिनुपर्छ : आङ्देम्बे

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान संशोधन गरेर आदिवासी जनजाति, अल्पसंख्यक र सीमान्तकृतका हकहितका विषय समेटिनुपर्ने बताएका छन्।

३२ औँ विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषद् सचिवालयद्वारा आइतबार काठमाडौँको टुँडिखेलस्थित खुलामञ्चमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

आङ्देम्बेले संविधान संशोधनका लागि सरकारले बनाएको समितिप्रति भने कांग्रेसको असहमति रहेको जानकारी दिए। विभिन्न जातजातिका नाच, झाँकी नेपालका मौलिक संस्कृति भएकाले यसलाई बचाइराख्नुपर्ने उनको भनाइ थियो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले नेपालको शक्ति विविधतामा भएकाले त्यसलाई सहिष्णुता र सामाजिक सद्भावका रुपमा बचाइराख्नुपर्ने बताए।

नेपालको मौलिक पहिचानका रुपमा रहेको भाषिक, धार्मिक र सांस्कृतिक विविधतालाई विभिन्न जातका फूलबारीका रुपमा विकास गरिनुपर्नेमा जोड दिए।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगर प्रमुख सुनिता डंगोलले आदिवासी जनजातिलाई सामुदायिक विकासका रुपमा अघि बढाउनुपर्ने बताइन्।

आदिवासी जनजातिको मौलिक संस्कृतिको संरक्षण र पुस्तान्तरणमा काम गरिनुपर्ने उनको भनाइ थियो।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता पृथ्वीसुब्बा गुरुङले आदिवासीका विषयलाई अन्तर्राष्ट्रीयकरण गर्नुपर्ने बताए।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुरेश आलेमगरले आदिवासी जनजातिको हितका लागि काम गर्ने उद्देश्यले स्थापित महासंघले सीमान्तकृत आदिवासी जनजातिका विषय उठाउँदै आएको बताए।

संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) का नेपालस्थित प्रतिनिधि ज्याको डु टोइटले नेपालको प्रकृति, संस्कृति, सम्पदाको संरक्षणमा आदिवासी जनजातिको भूमिका महत्वपूर्ण रहेको बताए।

विश्वसम्पदा संरक्षणमा पनि पनि आदिवासी जनजातिले खेलेको भूमिका महत्वपूर्ण रहेको उनले बताए।

प्रकाशित: २४ साउन २०८३ २०:३९ | Sunday, August 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast