नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरेको २५ मेगावाट क्षमताको सोलार प्लान्टमा रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको बाढीले पुर्याएको क्षति। तस्बिर : रासस
काठमाडौँ- रसुवाको भोटेकोशीमा गएको बाढीका कारण १२ जलविद्युत् गृहमा क्षति पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले भोटेकोशीमा गएको बाढीका कारण छ वटा जलविद्युत् र एक सोलार गृहमा प्रत्यक्ष क्षति पुगेको र बाँकी जलविद्युत् गृहबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएका छन्।
प्रवक्ता ढकालका अनुसार अनुसार १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सलासुंगी (सान्जेन), १४.८ मेगावाटको अपर सान्जेन, ४२.५ मेगावाटको सान्जेन, २२ मेगावाटको चिलिमे, २० मेगावाटको लाङटाङ, ६० मेगावाटको अपर त्रिशूली थ्री ए, १४.८ मेगावाटको अपर मैलुङ, ५ मेगावाटको मैलुङ, २४ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट र २५ मेगावाटको सोलार प्रणालीमा प्रत्यक्ष क्षति पुगेको छ।
४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको प्रवक्ता ढकालले बताए। उक्त बाढीले राष्ट्रिय प्रसारण लाइनमा समेत क्षति पुर्याएको छ।


