पोखराको विजयपुर खोला तर्ने क्रममा बेपत्ता बने १४ र १५ वर्षीय दुई बालक

हिमाल प्रेस ३१ साउन २०८३ ९:३३ | Sunday, August 16, 2026
6
SHARES
पोखराको विजयपुर खोला तर्ने क्रममा बेपत्ता बने १४ र १५ वर्षीय दुई बालक सांकेतिक तस्बिर

पोखरा- पोखरा–१४, चाउथेमा विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो दुई जना बालक बगेर बेपत्ता भएका छन् । भगवती हाइड्रोपावर नजिकै पोखरा–१४, विजयबस्तीबाट वडा–२६, सक्नेरी जानेक्रममा दिउँसो करिब १ बजे उनीहरुलाई खोलाले बगाएको हो ।

बेपत्ता हुनेमा स्याङ्जाको बिरुवा गाउँपालिका ७ घर भई हाल छिनेडाँडा बस्दै आएका १४ वर्षीय निकसन गुरुङ र खोटाङ नगरपालिका घर भई चाउथे बस्दै आएका १५ वर्षीय ओमन राई रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गोताखोर टोलीको मद्दतबाट उनीहरुको खोजी भइरहेको छ ।

बेपत्ताको जानकारीपछि वडा प्रहरी कार्यालय, रामबजारबाट प्रहरी निरीक्षक तेजप्रसाद कँडेलको कमाण्डमा ७ जनाको टोली घटनास्थल पुगेको छ । यसैगरी, सशस्त्र प्रहरी बलको बेस क्याम्प कुँडहरबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको नेतृत्वमा ९ जनाको गोताखोर टोली पनि परिचालन गरिएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय, शिशुवाबाट करिब ६ किलोमिटर पश्चिम–दक्षिणमा पर्छ ।

प्रकाशित: ३१ साउन २०८३ ९:३३ | Sunday, August 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast