काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालिमाटीमा आज गाँजर, बन्दासहित केही तरकारीको भाउ थोरै घट्दा बोडी, करेला, घिरौँला, काउलीसहितका तरकारी महँगिएका छन्।
कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ४४, सानो लोकल गोलभेँडा १७, रातो आलु लाम्चो ४६, भारतीय सुकेको प्याज ५५, लोकल गाँजर १०१, लोकल बन्दा २३, स्थानीय काउली ८४, हाइब्रिड मुला १८, लाम्चो भन्टा ४५, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो छ।
तनेबोडी ११०, मकै बोडी ७०, करेला ६५, लौका ६५, लोकल परबल ४५, घिरौँला ७५, हरियो डल्ले फर्सी ६५, पाकेको फर्सी ५५, कन्य च्याउ २५१, डल्ले च्याउ ४२५, कुरिलो ३३७ रुपैयाँ प्रतिकिलो छ।
कालिमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ४४, सानो लोकल गोलभेँडा १८, रातो आलु लाम्चो ४६, भारतीय सुकेको प्याज ५५, लोकल गाँजर ११०, लोकल बन्दा २५, स्थानीय काउली ६८, हाइब्रिड मुला १८, लाम्चो भन्टा ४४, डल्ले भन्टा ५४ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि तनेबोडी १००, मकै बोडी ५४, करेला ४४, लौका ५४, लोकल परबल ४४, घिरौँला ५४, हरियो डल्ले फर्सी ४५, पाकेको फर्सी ५५, कन्य च्याउ २४८, डल्ले च्याउ ४३०, कुरिलो ३५० रुपैयाँ प्रतिकिलो थियो।
हेर्नुहोस् तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची


