कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

हिमाल प्रेस १० साउन २०८३ १०:२५ | Sunday, July 26, 2026
4
SHARES
कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। शुद्धोधन गाउँपालिका ६ बिमियास्थित हुलाकी सडक खण्डमा गएराति बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।

नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मध्य पश्चिम जनसेवा यातायातको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु.प्र. ०१–००४ प ३८५६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए। दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकडीबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।

घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौलिहवा कपिलवस्तुमा पठाइएको थियो। अस्पतालमा उपचारको क्रममा चिकित्सकले आईतबार राति १:५० बजे दुवैलाई मृत घोषणा गरेका हुन्। मृतक दुवै जनाको पहिचान अझै खुल्न बाँकी रहेको छ भने शव जिल्ला अस्पताल तौलिहवामा राखिएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल, बस तथा बसका सहचालक जिल्ला सल्यान बनगाड कुपिण्डे नगरपालिका ५ खैरागार बस्ने २१ वर्षीय सुनिल रानालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिएको छ। बस चालक जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका२ खरीगैरा बस्ने २८ वर्षीय श्याम कुमार कामी भने रुपन्देहीमा प्रहरीको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० साउन २०८३ १०:२५ | Sunday, July 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast