काठमाडौँ- एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका-४ का २५ वर्षीय अतुलकुमार मिश्र र बाराको लिपनीमालका ३१ वर्षीय अब्दुल सानी हाकिम रहेका छन्।
उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो। यसअघि यसै प्रकरणमा दुई जना पक्राउ परिसकेका थिए। पछिल्लो पक्राउसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ।
एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएको घटनापछि प्रहरीले अनुसन्धान थालेको थियो।
पक्राउ परेकामाथि शिक्षा ऐनअन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए।
प्रकाशित: १२ साउन २०८३ १५:०० | Tuesday, July 28, 2026
प्रतिक्रिया


