स्थलगत अनुगमनमा कैफियत देखिएपछि दुई फर्मलाई कारबाही

हिमाल प्रेस ५ साउन २०८३ ६:३४ | Tuesday, July 21, 2026
4
SHARES
स्थलगत अनुगमनमा कैफियत देखिएपछि दुई फर्मलाई कारबाही

काठमाडौँ- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई कारबाही गरेको छ।

स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि महालक्ष्मी नगरपालिका–२ इमाडोलमा रहेको इभ कलेक्सनलाई १० हजार जरिवाना गरिएको विभागले जनाएको छ । काठमाडौँ महानगरपालिका–३२ सुविधानगरमा रहेको स्टोर अमिसालाई पाँच हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार ती फर्मलाई कारबाही गरिएको हो ।

विभागले सोमबार १० वटा फर्ममा अनुगमन गरेको थियो । त्यसमध्ये आठ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । उपभोक्ता अधिकारकर्मीसहितको उपस्थितिमा विभागले नियमित अनुगमन गरेको उल्लेख गरेको छ ।

व्यावसायिक फर्महरूको अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले स्पष्ट पारेको छ ।

 

प्रकाशित: ५ साउन २०८३ ६:३४ | Tuesday, July 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast