काठमाडौँ- प्रहरीले काठमाडौँमा ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ हैबुङ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका २ आलापोट डेरा गरी बस्ने २६ वर्षीय अवतार सिंह तामाङ र सुन्दरीजल बस्ने ५४ वर्षीय अम्बक तामाङ रहेका छन्।
बा ८३ प ४३७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट गएराति एक बजे गाँजा बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: १० साउन २०८३ ८:१० | Sunday, July 26, 2026
प्रतिक्रिया


