अमेरिकी प्रशान्त टापुहरुमा ‘खतरानक’ आँधीको जोखिम

हिमाल प्रेस २१ असार २०८३ २१:०५ | Sunday, July 5, 2026
10
SHARES
अमेरिकी प्रशान्त टापुहरुमा ‘खतरानक’ आँधीको जोखिम फाइल तस्बिर :एपी

काठमाडौँ- अमेरिकी प्रशान्त टापुहरु गुआम र उत्तरी मारियानामा ‘अत्यन्त खतरनाक’ चक्रवातको जोखिम बढेपछि स्थानीय बासिन्दाहरु सुरक्षित आश्रयस्थलतर्फ सर्न थालेका छन्।

‘बावी’ नाम दिइएको उक्त शक्तिशाली आँधीले ती टापुका तटीय क्षेत्रहरुमा व्यापक विनाश निम्त्याउन सक्ने चेतावनी मौसमविद्हरुले दिएका छन्।

आँधीको गति २६० किलोमिटर प्रतिघन्टा रहने बताइएको छ। आँधीका साथै भारती वर्षा, ठूलो बाढी, तटीय डुबान र समुद्रमा ३५ फिटसम्मका लहर आउने सम्भावना प्रक्षेपण गरिएको छ।

आँधीका कारण प्रभावित हुन सक्ने बताइएका क्षेत्रहरु गुआमको १ लाख ७० हजार र उत्तरी मरियानाको ४० हजार जनसंख्या रहेका छन्।

अमेरिकी राष्ट्रिय मौसम सेवा (एनडब्लयूएस) ले सोमबार बिहान स्थानीय समयअनुसार १० बजे ‘बावी’ आँधी यस क्षेत्र हुँदै पश्चिमतर्फ बढ्ने अनुमान गरेको छ।

एनडब्लयूएसका अनुसार आँधीको केन्द्र नजिक ‘विनाशकारी’ क्षति हुन सक्ने र समुद्री लहरहरु १० तले भवन जत्तिकै उचाइसम्म उठ्न सक्नेछन्।

आँधीको पूर्वसन्ध्यामा आइतबार गुआमका सडकहरु सुनसान देखिएका छन् भने स्थानीय व्यवसायी तथा सर्वसाधारणहरु घर र पसल सुरक्षित बनाउन व्यस्त छन्।

यसैगरी हवाई उडानहरु रद्द भएपछि कतिपय पर्यटक अलपत्र परेका छन्।

संघीय आपत्कालीन व्यवस्थाप निकायका टोली राहत सामग्रीसहित गुआममा परिचालन भइसकेको छ। वितरण केन्द्रहरुमा ११ लाख लिटर पानी, १२ लाख जनाका लागि खान, ६ हजार ७ सय ओछ्यान र ९० वटा जेनेरेटर तयारी अवस्थामा राखिएका छन्।

प्रकाशित: २१ असार २०८३ २१:०५ | Sunday, July 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast