अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड अन्तिम १६ मा

हिमाल प्रेस १९ असार २०८३ १२:०४ | Friday, July 3, 2026
4
SHARES
अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड अन्तिम १६ मा

काठमाडौँ- अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड फिफा विश्वकप फुटबल-२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।

क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा आज भएको खेलमा स्विट्जरल्याण्डले अल्जेरियालाई २-० गोलअन्तरले पराजित गरेको हो। स्विट्जरल्याण्डका लागि ब्रिल एम्बोलो र डान एनडोएले एक/एक गोल गरे।

ब्रिलले खेलको १०औँ मिनेटमा गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाए। खेलको पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको स्विट्जरल्याण्डले दोस्रो हाफ सुरु भएको एक मिनेटमै गोल थप्यो।

खेलको ४६औँ मिनेटमा डानले गोल गर्दै स्विट्जरल्याण्डलाई २-० गोलको अग्रता दिलाए। त्यसपछि खेलमा थप गोल हुन सकेन।

प्रकाशित: १९ असार २०८३ १२:०४ | Friday, July 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast