कास्कीमा सात फरार प्रतिवादी पक्राउ

हिमाल प्रेस १५ साउन २०८३ ५:५२ | Friday, July 31, 2026
8
SHARES
कास्कीमा सात फरार प्रतिवादी पक्राउ

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका सात जना प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले चेक अनादर र बैंकिङ कसुरलगायतका मुद्दाका प्रतिवादीलाई पक्राउ गरी कैद सजाय कार्यान्वयन तथा जरिवाना असुलका लागि अदालतमा पेस गरिएको उनले बताए।

पक्राउ परेका प्रतिवादीबाट तीन दिन कैद सजाय कार्यान्वयन हुनुका साथै एक लाख आठ हजार ६ सय रुपैयाँ जरिवाना असुल हुने उनले बताए।

फरार प्रतिवादी पक्राउ अभियानलाई प्रहरीले निरन्तर तीव्र बनाउँदै आएको उनले बताए।

प्रकाशित: १५ साउन २०८३ ५:५२ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast