स्याङ्जाको दुई ठाउँमा सडक अवरुद्ध

हिमाल प्रेस १७ असार २०८३ १३:४१ | Wednesday, July 1, 2026
4
SHARES
स्याङ्जाको दुई ठाउँमा सडक अवरुद्ध

काठमाडौँ- पहिरोका कारण बुधवार स्याङ्जाको दुई ठाउँमा सडक अवरुद्ध भएको छ। मिर्दी चापाकोट सड्क खण्डको वालिङ नगरपालिका–७ स्थित लभ्लीडाँडामा पहिरो खसेको छ। सो स्थानमा पूर्णरुपमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

वालिङ नगरपालिका–१४ स्थित डुम्रिभञ्ज्याङमा पनि सड्क अवरुद्ध भएको छ । डुम्रिभञ्ज्याङ स्थित वालिङ–हुवास भित्री पक्की सड्क खण्डमा पहिरो खस्दा पूर्ण रूपमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ । प्रहरीले दुवै ठाउँको सड्क खुलाउने प्रयास गरिरहेको छ।

प्रकाशित: १७ असार २०८३ १३:४१ | Wednesday, July 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast