नेप्सेमा ८.७८ अंकको वृद्धि, ४ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार

हिमाल प्रेस १८ असार २०८३ १५:४९ | Thursday, July 2, 2026
6
SHARES
नेप्सेमा ८.७८ अंकको वृद्धि, ४ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार सेयर बजार

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार दोस्रो कारोबार दिन पनि बढेको छ। बिहीबार नेप्से ८.७८ अंकले बढेर २,६६१.७१ विन्दुमा पुगेको हो।

बुधबार सात दिनदेखिको लगातार गिरावटलाई अन्त्य गर्दै ४४.५९ अंकले बढेको नेप्सेले एक महिनापछि पहिलो पटक दोहोरो अंकको वृद्धि हासिल गरेको थियो।

बिहीबार कारोबारको सुरुवातदेखि केही समयसम्म परिसूचक घटेर नकारात्मक अवस्थामा रहे पनि कारोबारको अन्तिम समयमा खरिदकर्ता सक्रिय भएपछि नेप्से हरियो परिसूचकमा बन्द हुन सफल भयो।

परिसूचक बढे पनि कारोबार भएका कम्पनीमध्ये १५२ कम्पनीको सेयर मूल्य घटेको, १०८ कम्पनीको मूल्य बढेको तथा १३ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन कुल ४ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कुल ८९ लाख ६० हजार कित्ता सेयर ४३ हजार १३१ पटक खरिद बिक्री भएको नेप्सेले जनाएको छ।

व्यक्तिगत कम्पनीतर्फ अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड र कालंगा हाइड्रो लिमिटेड को सेयर मूल्य १५-१५ प्रतिशतले बढ्दै सबैभन्दा धेरै लाभ कमाएका छन्।

यता १० प्रतिशत एनआईसी एसिया डिबेन्चर २०८५/८६ को मूल्य १०.६ प्रतिशतले घट्दै सबैभन्दा धेरै गुमाउने धितोपत्र बनेको छ।

कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक लिमिटेड अग्रस्थानमा रहँदै ४१ करोड ३२ लाख २० हजार रुपैयाँ बराबरको कारोबार गरेको छ।

त्यसपछि १० प्रतिशत एनआईसी एसिया डिबेन्चर २०८५/८६ को ४० करोड ७७ लाख ५० हजार रुपैयाँ र रिलायन्स स्पिनिङ मिल्स लिमिटेड को २५ करोड २९ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन कारोबार भएका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको भने ८ उपसमूहको परिसूचक घटेको छ।

बैंकिङ उपसमूह सबैभन्दा धेरै २.०४ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन (म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ) उपसमूह ०.८६ प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावट आएको उपसमूह बनेको छ।

प्रकाशित: १८ असार २०८३ १५:४९ | Thursday, July 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast