नेप्से परिसूचक सात अंकले बढ्यो

हिमाल प्रेस ३२ असार २०८३ १८:३० | Thursday, July 16, 2026
4
SHARES
नेप्से परिसूचक सात अंकले बढ्यो सेयर बजार

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ५० अंकले बढेर दुई हजार ५९७ दशमलव ८० मा पुगेको हो।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९२ अंकले उकालो लागेर चार सय ५६ दशमलव ८६ मा पुगेको छ। त्यस्तै फ्लोट सूचक शून्य दशमलव ६१ अंकले बढेर एक सय ७८ दशमलव ५७ मा पुगेको छ। सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ९३ अंकले बढेर एक सय ५४ दशमलव ४३ मा पुगेको छ।

आज विभिन्न कम्पनीका ९४ लाख ६९ हजार ९९ कित्ता शेयर चार अर्ब ५६ करोड २९ लाख ५० हजार ७०० मूल्यमा खरिद बिक्री भएको छ। आज १३ मध्ये नौ उपसमूह बढ्यो भने चार उपसमूह घटेको छ।

आज एक सय २० कम्पनीको शेयर बढ्दा १५२ कम्पनीको घटेको छ भने तीन कम्पनीको शेयर मूल्य स्थिर रहेको हो। नेप्सेका अनुसार आज एनआइविएल ग्रोथ फण्ड, फष्ट माइक्रो फाइन्नास, चिख्र्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंक, एनआइसी एसिया फेलेक्सी क्याप फण्ड र भुजुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

प्रकाशित: ३२ असार २०८३ १८:३० | Thursday, July 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast