नेप्से परिसूचक सामान्य अंकले घट्यो, चार उपसमूहमा मात्रै सुधार

हिमाल प्रेस १२ साउन २०८३ १७:२३ | Tuesday, July 28, 2026
12
SHARES
नेप्से परिसूचक सामान्य अंकले घट्यो, चार उपसमूहमा मात्रै सुधार

काठमाडौँ- धितोपत्र बजारमा आज सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक सामान्य अंकले घटेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक ४.६४ अंकले घटेर दुई हजार ६९६.६७ विन्दुमा कायम भएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७० अंकले घटेर ४७०.७९ विन्दुमा पुगेको छ। फ्लोट सूचक ०.३१ अंकले घटेर १८५.२२ तथा सेन्सेटिभ फ्लोट सूचक ०.१८ अंकले घटेर १५९.७० विन्दुमा झरेको छ।

आज विभिन्न कम्पनीका एक करोड चार लाख २१ हजार ८६३ कित्ता सेयर रु चार अर्ब ४२ करोड ७३ लाख पाँच हजार ५४२ बराबरमा खरिदबिक्री भएको नेप्सेले जनाएको छ।

तेह्र उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढ्दा नौ उपसमूहको परिसूचक घटेको छ। कारोबार भएका कम्पनीमध्ये ९८ कम्पनीको सेयर मूल्य बढेको, १६६ कम्पनीको घटेको र १३ कम्पनीको मूल्य स्थिर रहेको छ।

नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, लक्ष्मी उन्नति कोष र गरिमा समृद्धि योजनाका लगानीकर्ताले सर्वाधिक कमाएका छन्।

कुथेली बुखरी स्मल हाइड्रोपावर, सिद्धार्थ इक्विटी फण्ड र मेगा म्युचुअल फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।

प्रकाशित: १२ साउन २०८३ १७:२३ | Tuesday, July 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast