काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुणामणि चापागाईंले राजीनामा दिएका छन् । सीईओ चापागाईंले सोमबार अर्थ मन्त्रालयमा आफ्नो राजीनामा पेस गरेका हुन्।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको रास्वपा सरकारले यसअघिको राजनीतिक नियुक्ति खारेज गर्नेगरी अध्यादेशमार्फत कारबाही अगाडि बढाएपछि सीईओ चापागाईं पनि दबाबमा परेका थिए।
बुक बिल्डिङ मार्फत् शेयर निष्कासनका लागि सीईओ चापागाईंको नेतृत्वमा चिया विकास निगमसँग सम्झौता गरेपछि सञ्चालक समितिमार्फत सीइओ चापागाईंलाई स्पष्टीकरण सोधिएको थियो । यी दबाबका बीच सीईओ चापागाईंले राजीनामा दिएको बुझिएको छ ।
प्रकाशित: २२ असार २०८३ १३:५१ | Monday, July 6, 2026
प्रतिक्रिया




