काठमाडौँ- नेपाल राष्ट्र बैंकले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम-२०८३’ प्रभावकारी बनाउन भुक्तानी सेवा प्रदायक संस्थालाई आवश्यक सहजीकरण गर्न निर्देशन दिएको छ।
राष्ट्र बैंकले कार्यक्रम साउन २१ गतेदेखि सञ्चालन हुने जानकारी ग्राहकसम्म पुर्याउन तथा आवश्यक परे मोबाइल एप अद्यावधिक गर्न सूचना दिन आग्रह गरेको कार्यकारी निर्देशक निश्चल अधिकारीले बताए।
मोबाइल एपमा कार्यक्रमसम्बन्धी जानकारी र बारम्बार सोधिने प्रश्नको छुट्टै खण्ड राख्न पनि केन्द्रीय बैंकले अनुरोध गरेको छ।
प्रकाशित: १५ साउन २०८३ ६:१६ | Friday, July 31, 2026
प्रतिक्रिया


