सद्भाव कायम गर्न मधेश प्रदेश सरकारको आह्वान

हिमाल प्रेस १४ साउन २०८३ २०:३१ | Thursday, July 30, 2026
10
SHARES
सद्भाव कायम गर्न मधेश प्रदेश सरकारको आह्वान

काठमाडौँ- मधेश प्रदेश सरकारले शान्ति, सामाजिक सद्‌भाव कामय गर्न आह्वान गरेको छ। बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधाममा मुख्यमन्त्री कृष्णप्रसाद यादवको अध्यक्षतामा बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले यस्तो आह्वान गरेको हो।

प्रदेश सरकारले शान्ति, सामाजिक सद्भाव, धार्मिक तथा सांस्कृतिक सहिष्णुता कायम गर्न सम्पूर्ण राजनीतिक दल, विभिन्न संघ-संस्था, धार्मिक गुरु, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र तथा नागरिकसँग संयमता, जिम्मेवारी र सहयोगको भूमिका निर्वाह गर्न अपिल गरेको छ।

प्रदेशमा भइरहेका पछिल्ला घटनाका कारण भएका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेको उपचारमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित: १४ साउन २०८३ २०:३१ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast