‘मनसुन अवधिमा जनधनको क्षति न्यूनीकरणका लागि सरकार पूर्ण तयारीमा छ’

हिमाल प्रेस २८ असार २०८३ १७:५० | Sunday, July 12, 2026
14
SHARES
‘मनसुन अवधिमा जनधनको क्षति न्यूनीकरणका लागि सरकार पूर्ण तयारीमा छ’

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को जोखिमलाई न्युनीकरण गर्न सबै सरोकारवाला निकायसँगको समन्वयलाई तीव्र बनाइएको बताएको छ।

प्राधिकरणको आइतबार बसेको बैठकमा मनसुनजन्य विपद्को तयारी र सरोकारवाला निकायले गरेका कामको प्रगति समीक्षा गर्दै विवरण संकलन अद्यावधिक गरेको जनाएको छ।

प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीपकुमार कोइरालाले मनसुन अवधिमा जनधनको क्षति न्युनीकरणका लागि सरकार पूर्ण तयारीमा रहेको बताए। असार ४ गते गृहमन्त्री सुधन गुरुङको संयोजकत्वमा बसेको बैठकले विभिन्न निकायलाई आवश्यक निर्देशन दिएको थियो। सोही निर्देशनको कार्यान्वयन अवस्था समीक्षा गर्न बैठक आयोजना गरिएको उनले जानकारी दिए।

हाल देशभर मनसुन सक्रिय रहेकाले जल तथा मौसम विज्ञान विभागले जारी गर्ने विशेष बुलेटिनका आधारमा प्राधिकरणले आवश्यक एड्भाइजरी जारी गरिरहेको पनि कार्यकारी प्रमुख कोइरालाले जानकारी दिए।

विभागले गरेको मौसमको पूर्वानुमानका आधारमा आवश्यक पर्दा प्राधिकरणले निरन्तर एड्भाइजरी जारी गर्ने गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast