गृहमन्त्री गुरुङ सुनसरी जाँदै

हिमाल प्रेस १४ साउन २०८३ १७:२५ | Thursday, July 30, 2026
6
SHARES
गृहमन्त्री गुरुङ सुनसरी जाँदै फाइल तस्बिर

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछि गृहमन्त्री गुरुङ सुनसरीस्थित देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगन्ज जान लागेका हुन्।

मन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र सोही झडपमा घाइते भई उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

मन्त्री गुरुङसँगै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता पनि सुनसरी जान लागेकी हुन्।

सुनसरी मन्त्री मेहताको गृह जिल्ला हो।

प्रकाशित: १४ साउन २०८३ १७:२५ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast