सुनको भाउ आज पनि बढ्यो

हिमाल प्रेस ५ साउन २०८३ ११:२२ | Tuesday, July 21, 2026
14
SHARES
सुनको भाउ आज पनि बढ्यो

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ र प्रति १० ग्राम २ लाख ४४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँ तथा प्रति १० ग्राम २ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ३ सय ७० रुपैयाँ र प्रति १० ग्राम ३ हजार ७ सय ४७ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तनका आधारमा नेपाली बजारमा सुन–चाँदीको दैनिक कारोबार मूल्य निर्धारण हुँदै आएको छ।

 

प्रकाशित: ५ साउन २०८३ ११:२२ | Tuesday, July 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast