काठमाडौँ- सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबारको तुलनामा सुन तोलामा ६ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला दुई लाख ७७ हजार ३ सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार २७० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार एक तोला सुन दुई लाख ७७ हजार ९०० र चाँदी चार हजार २८५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन ९८६ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित: १७ असार २०८३ ११:०१ | Wednesday, July 1, 2026
प्रतिक्रिया




