सुनको भाउ फेरि उकालोतिर, आज पनि बढ्यो

हिमाल प्रेस ११ साउन २०८३ ११:४२ | Monday, July 27, 2026
10
SHARES
सुनको भाउ फेरि उकालोतिर, आज पनि बढ्यो

काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लाग्न थालेको छ । आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो ।

योसँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार १ हजार ६०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा थियो। सोमबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर ४ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर ४ हजार ४१० रुपैयाँमा थियो।

प्रकाशित: ११ साउन २०८३ ११:४२ | Monday, July 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast