बढ्यो सुनको भाउ

हिमाल प्रेस ४ साउन २०८३ ११:११ | Monday, July 20, 2026
8
SHARES
बढ्यो सुनको भाउ

काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

योसँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ६०० रुपैयाँ पुगेको छ । यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ थियो ।

यसैगरी, सोमबार चाँदीको मूल्य पनि तोलामा ८० रुपैयाँले बढेर ४ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रकाशित: ४ साउन २०८३ ११:११ | Monday, July 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast