सुनसरी घटनामा निष्पक्ष छानबिन गर्न जेनजी मुभमेन्टको माग

हिमाल प्रेस १४ साउन २०८३ १५:४७ | Thursday, July 30, 2026
सुनसरी घटनामा निष्पक्ष छानबिन गर्न जेनजी मुभमेन्टको माग

काठमाडौँ- जेनजी मुभमेन्ट नेपालले देशका विभिन्न क्षेत्रमा पछिल्लो समय देखिएका हिंसात्मक घटना, साम्प्रदायिक तनाव र सार्वजनिक सुरक्षासम्बन्धी अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारसँग निष्पक्ष छानबिनको माग गरेको छ।

अभियानका प्रवक्ता विजय शाहले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत सुनसरीमा भएको हिंसात्मक घटनासहितका विषयमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन्।

विज्ञप्तिमा नागरिकको जीवन, स्वतन्त्रता र सुरक्षाको संरक्षण गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै संविधान, कानुन, शान्ति, न्याय, विधिको शासन तथा लोकतान्त्रिक मूल्यमान्यताको पक्षमा उभिन सबैसँग अपिल गरिएको छ।

घटनामा संलग्न दोषीमाथि कानुनअनुसार कारबाही गर्न र अनुसन्धान प्रक्रियालाई निष्पक्ष बनाउन पनि सरकारसँग आग्रह गरिएको छ।

प्रकाशित: १४ साउन २०८३ १५:४७ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast