काठमाडौँ- सुनचाँदीको मूल्य निरन्तर ओरालो लागेको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै मंगलबार सुनको मूल्य २ लाख ८८ हजाररुपैयाँ कायम भएको छ ।
सोमबार ९०० रुपैयाँले घटेर सुनको मूल्य २ लाख ८९ हजार ४०० रुपैयाँ थियो । आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैबीच, मंगलबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर ४ हजार ५५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार २० रुपैयाँले घटेर चाँदीको मूल्य ४ हजार ५८५ रुपैयाँमा थियो । आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ४ हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित: २३ असार २०८३ ११:१८ | Tuesday, July 7, 2026
प्रतिक्रिया




