डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित चार जना पक्राउ

हिमाल प्रेस ८ साउन २०८३ १२:४२ | Friday, July 24, 2026
6
SHARES
डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित चार जना पक्राउ

झापा- शिशुको डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन्। उनीहरू बिहीबार साँझ भद्रपुर नगरपालिका-५ स्थित बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको किशनगञ्ज जिल्ला वडा नं १२ बस्ने मोहित आलम, उनकी श्रीमती जेनेतुन खातुन, छोरा सोहेल आलम तथा सोही अटोमा सवार मोहम्मद तजरुल रहेका छन्।

भारतबाट नेपालतर्फ आउँदै गरेको मे १ ह ५०११ नम्बरको अटो शंकास्पद देखिएपछि जाँच गर्दा शिशुले लगाएको डाइपरभित्र राखिएको खैरो हेरोइन फेला परेको हो।

बरामद गरिएको खैरो हेरोइनको तौल झन्डै १० ग्राम रहेको छ।

प्रकाशित: ८ साउन २०८३ १२:४२ | Friday, July 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast