इरानमा सरकार विरोधी प्रदर्शनकारीलाई मृत्युदण्ड

हिमाल प्रेस १२ साउन २०८३ १४:०६ | Tuesday, July 28, 2026
6
SHARES
इरानमा सरकार विरोधी प्रदर्शनकारीलाई मृत्युदण्ड प्रतीकात्मक तस्बिर।

इरानको अदालतले मंगलबार गत जनवरीमा सरकार विरोधी प्रदर्शनसँग सम्बन्धित अभियोगमा नियन्त्रणमा लिएका दुई जनालाई फाँसी दिएको छ।

अबोल्फजल सिपाही र अमिर-हुसेन सफारीलाई मंगलबार बिहानै मृत्युदण्ड दिइ सकिएको मिजान अनलाइन वेबसाइटले जनाएको छ।

मेहर समाचार एजेन्सीले मध्य इस्फहान प्रान्तको मालेक्षहर सहरको एउटा चोकमा धेरै मानिसहरको उपस्थितिको बीचमा उनीहरूलाई फाँसी दिइएको रिपोर्ट गरेको छ।

मृत्युदण्ड पाएका दुई जनालाई गत जनवरी ८ मा प्रहरी अधिकारीहरूलाई चक्कुले आक्रमण गरेको, प्रहरीलाई बाँधेर, तानेर, पेट्रोल हालेर आगो लगाएको अभियोगमा दोषी ठहर भएको मिजानले जनाएको छ।

उनीहरूले हतियार बनाएर डर र आतंक सिर्जना गरेर देशमा सार्वजनिक व्यवस्था र सुरक्षालाई गम्भीर रूपमा बिगार्ने गरेकोसमेत अभियोगमा भ्रष्टाचारको आरोपको सामना गरेको जनाइएको छ।

प्रकाशित: १२ साउन २०८३ १४:०६ | Tuesday, July 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast