सुनसरी घटनामा खोजियो राजनीतिक दलहरूको साझा भूमिका

हिमाल प्रेस १३ साउन २०८३ १०:३७ | Wednesday, July 29, 2026
10
SHARES
सुनसरी घटनामा खोजियो राजनीतिक दलहरूको साझा भूमिका

काठमाडौँ- सुनसरीमा उत्पन्न तनाव र त्यसपछिको सुरक्षा अवस्थाबारे छलफल गर्न सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बिहान सिंहदरबारमा सर्वदलीय बैठक सम्पन्न भएको छ।

सार्वजनिक लेखा समितिको हलमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, जनमत पार्टी, राप्रपालगायत विभिन्न दलका शीर्ष नेताहरू सहभागी भएका थिए।

बैठकमा सुनसरीको पछिल्लो अवस्था, सामाजिक सद्भाव कायम राख्ने उपाय तथा राजनीतिक दलहरूको साझा भूमिकाबारे छलफल भएको जनाइएको छ।

विपक्षी नेताहरूले सरकार अझ सक्रिय भएर सर्वदलीय समन्वय गर्नुपर्ने धारणा राखेका छन्।

प्रकाशित: १३ साउन २०८३ १०:३७ | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast