मन्त्रिपरिषद्का निर्णय : गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त, गेटालाई शिक्षण अस्पतालको मान्यता

हिमाल प्रेस २४ असार २०८३ १६:५७ | Wednesday, July 8, 2026
16
SHARES
मन्त्रिपरिषद्का निर्णय : गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त, गेटालाई शिक्षण अस्पतालको मान्यता

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ।

बुधबार सिंहदरबारमा बसेको बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा काठमाडौँका सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको छ।

त्यस्तै ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३’ तथा ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।

‘कारागार नियमावली, २०८३’ स्वीकृत गर्नुका साथै मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना र भ्रष्टाचारविरुद्धको दोस्रो रणनीति योजना पनि अनुमोदन गरिएको छ।

प्रकाशित: २४ असार २०८३ १६:५७ | Wednesday, July 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast