काठमाडौँ- भियतनाममा डुंगा पल्टिँदा १५ भारतीयको मृत्यु भएको छ।
भियतनामको फु क्वोक टापुनजिक भारतीय पर्यटक सवार डुंगा शनिबार दुर्घटना भएको हो।
दुर्घटनामा १५ जना भारतीय नागरिकको मृत्यु भएको भियतनामस्थित भारतीय दूतावासलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
दूतावासका अनुसार दुर्घटना हुँदा डुंगामा ३२ जना सवार थिए। हाल उद्धार र खोजी कार्य जारी रहेको दूतावासले जनाएको छ।
प्रकाशित: २७ असार २०८३ १७:०१ | Saturday, July 11, 2026
प्रतिक्रिया



