विश्वभाषा क्याम्पसले खोल्यो ११ भाषा अध्ययनका लागि भर्ना आवेदन

हिमाल प्रेस ३१ असार २०८३ ७:४२ | Wednesday, July 15, 2026
8
SHARES

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विश्वभाषा क्याम्पसले विभिन्न भाषामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि नयाँ भर्ना आह्वान गरेको छ।

बुधबार सूचना जारी गर्दै क्याम्पस प्रशासनले आगामी साउन १ गतेदेखि १५ गतेसम्म भर्ना फारम बुझाउन भनेको हो।

चिनियाँ, फ्रेन्च, जर्मन, स्पेनिस, जापानिज, रसियन, इटाली, कोरियन, अरबिक, हिब्रु, प्रारम्भिक अंग्रेजी र लेखन अंग्रेजीका लागि फाराम खुला गरिएको सूचनामा उल्लेख छ।

अंग्रेजी लेखन बाहेक सबै भाषाका लागि एसएलसी वा एसईईमा कम्तीमा पनि सी ग्रेड प्राप्त गरेको हुनुपर्ने क्याम्पस प्रशासनले जनाएको छ।

प्रकाशित: ३१ असार २०८३ ७:४२ | Wednesday, July 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast