एनपीएल अक्सनमै महँगा खेलाडी बने आसिफ शेख, २० लाखमा लुम्बिनीले २० लाखमा भित्र्यायो

हिमाल प्रेस २३ असार २०८३ ६:५८ | Tuesday, July 7, 2026
4
SHARES
एनपीएल अक्सनमै महँगा खेलाडी बने आसिफ शेख, २० लाखमा लुम्बिनीले २० लाखमा भित्र्यायो

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेख नेपाल प्रिमियर लिग (एनपीएल) अक्सनमा बिक्ने इतिहासकै सबैभन्दा महँगा खेलाडी भएका छन् ।

सोमबार सम्पन्न अक्सनमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले २० लाख नेपाली रुपैयामा आसिफलाई आफ्नो टोलीमा भित्र्याएको हो ।

टिमहरुको मार्की खेलाडीको मूल्य २० लाख रहेपनि अक्सनमा खेलाडीको मूल्य यती पुगेको पहिलो पटक हो ।

एनपीएल अक्सनमा अहिलेसम्म ए श्रेणीका खेलाडीहरु अधिकतम १५ लाख नेपाली रुपैयामा बिक्रि भएका थिए । तर ए श्रेणीमा नै रहे पनि आसिफको आधार मूल्य भने १५ लाख नेपाली रुपैया रहेको थियो ।

आसिफका लागि अधिकतम २० लाख खर्च गर्न काठमान्डु गोर्खाजबाहेकका अन्य सात टिम तयार भएपछि उनको टोलीको निर्णय गोलाप्रथाबाट गरिएको थियो ।

गोलाप्रथामा लुम्बिनी भाग्यमानी हुदै आसिफलाई अक्सनबाट इतिहासकै सबैभन्दा धेरै मुल्य खर्च गरेर लुम्बिनीले आफ्नो टोलीमा आबद्ध गरायो ।

प्रकाशित: २३ असार २०८३ ६:५८ | Tuesday, July 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast