काठमाडौँ- सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहका नाममा जारी भएको पक्राउ पुर्जी तत्काल कार्यान्वयन गर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले शाहको नामा जारी भएको पक्राउ तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो। इजलासले गृह मन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको नाममा आदेश जारी गरेको हो।
अदालतले अन्तरिम आदेशको विषयमा निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
सांसद शाहले कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मालाई कुटपिट गरी ज्यान लिने प्रयास गरेको आरोप लागेको छ।
शर्माले प्रहरीमा दिएको जाहेरीका आधारमा जिल्ला अदालतले ज्यान मार्ने उद्योगको आरोपमा अनुसन्धान अघि बढाउन सांसद शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो।

