पछिल्लो एक वर्षमा प्राकृतिक विपद्मा परी ४६२ जनाको मृत्यु

हिमाल प्रेस १९ असार २०८३ ८:५३ | Friday, July 3, 2026
12
SHARES
पछिल्लो एक वर्षमा प्राकृतिक विपद्मा परी ४६२ जनाको मृत्यु सांकेतिक तस्बिर

झापा- नेपालमा पछिल्लो एक वर्षको अवधिमा विपद्जन्य घटनामा परी ठूलो मानवीय र भौतिक क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

चालु आर्थिक वर्षको साउनदेखि असार १७ गतेसम्म प्राकृति विपद्मा परी ४६२ जनाले ज्यान गुमाएका छन्।

तीमध्ये सबैभन्दा बढी आगलागीको घटनामा परी १०४ जनाको ज्यान गएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।

उनले प्राधिकरणमा देशभरबाट कुल सात हजार ९८९ वटा विपद्का घटना दर्ता भएका बताइन्। ती घटनामा १८ जना बेपत्ता रहेका प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

प्राकृतिक विपद्का कारण दुई हजार १७८ जना घाइते भएका छन् भने १२ हजार ९८४ परिवार प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्।

पहिरोका घटनामा परी ७३ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन्। बाढीका २८९ घटनामा ३२ जनाको ज्यान गएको छ भने सात जना बेपत्ता भएका छन्।

यसैगरी ४०१ वटा चट्याङका घटनामा ३७ जनाको मृत्यु भएको छ भने २४४ जना घाइते भएका प्रवक्ता महतले जानकारी दिइन्।

उनका अनुसार सर्पदंशका कारण ७०, जनावर आतङ्कबाट ५९ र लेक लागेर ५१ जनाको ज्यान गएको छ।

प्रवक्ता महतले हावाहुरीका कारण १८, भारी वर्षाका कारण नौ, हिउँपहिरोमा परी सात र डुङ्गा पल्टिँदा दुई जनाको ज्यान गुमाएको जानकारी दिइन्।

यस अवधिमा भएका विभिन्न विपद्का घटनाबाट देशमा कुल रु दुई अर्ब छ करोड ४७ लाख ७३ हजार १२८ बराबरको अनुमानित आर्थिक क्षति भएको छ।

प्रकाशित: १९ असार २०८३ ८:५३ | Friday, July 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast