शनिबार १ बजेसम्म ‘गौँथली’ को एक करोड ग्रस

हिमाल प्रेस ९ साउन २०८३ १४:०९ | Saturday, July 25, 2026
12
SHARES
शनिबार १ बजेसम्म ‘गौँथली’ को एक करोड ग्रस

काठमाडौ- नेपाली फिल्म ‘गौँथली’ ले दोस्रो दिन अर्थात् शनिबार बक्सअफिसमा उत्साहजनक व्यापार गरिरहेको छ। बक्सअफिस स्रोतका अनुसार शनिबार बिहानदेखि दिउँसो १ बजेसम्म मात्रै फिल्मले एक करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ।

स्रोतका अनुसार गत शुक्रबार प्रदर्शनमा आएको फिल्मले पहिलो दिनको व्यापारसहित चार करोड रुपैयाँ ग्रसकलेक्सन पार गरिसकेको थियो।

शनिबारको व्यापारको गति हेर्दा साँझसम्म करिब डेढ करोड रुपैयाँ ग्रस कारोबार गर्ने अनुमान गरिएको छ। यदि यही लय कायम रहेमा ‘गौँथली’ नेपाली बक्सअफिसमा उल्लेखनीय व्यापार गर्ने फिल्मका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिना लगायत कलाकारको अभिनय रहेको छ।

डा। भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा। कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्।

प्रकाशित: ९ साउन २०८३ १४:०९ | Saturday, July 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast