पूर्वराजालाई भेट्न नपाएको रिसमा युवकले आफ्नै शरीरमा खन्याउन खोजे पेट्रोल

हिमाल प्रेस ६ साउन २०८३ ६:३३ | Wednesday, July 22, 2026
28
SHARES
पूर्वराजालाई भेट्न नपाएको रिसमा युवकले आफ्नै शरीरमा खन्याउन खोजे पेट्रोल

काठमाडौँ-  पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको रिसमा एक जना युवकले आफ्नै शरीरमा पेट्रोल खन्याउने प्रयत्न गरेका छन्।

पूर्वराजालाई भेट्न पाँच पटकसम्म प्रयास गरेको भए पनि भेट्न नपाएपछि मंगलबार शितलनिवास अगाडि आत्मदाह प्रयास गरेका हुन्। आत्मदाह गर्न खोज्ने युवक २७ वर्षीय विशाल तामाङ हुन् । उनलाई प्रहरी नियन्त्रणमा लिएर छाडेको छ। तामाङ रामेछापको दोरम्बा गाउँपालिका–१ का स्थानीय हुन् ।

‘आत्मदाह गर्छु’ भन्दै शरीरमा पेट्रोल खन्याउन खोजेपछि प्रहरीले उनको साथबाट पेट्रोल बरामद गरेको छ। उनलाई शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएर काउन्सेलिङ गरेपछि छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए।

बालाजुको बेकरी उद्योगमा काम गर्दै आएका तामाङमा जोरपाटी बस्थे। उनले जोरपाटीको लामा पम्पबाट पेट्रोल किनेर लगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ। पूर्वराजालाई भेट्न पाँच पटकसम्म प्रयास गरेको भए पनि भेट्न नपाएपछि आत्मदाह गर्न खोजेको उनले प्रहरीसँग बताएका छन्।

प्रकाशित: ६ साउन २०८३ ६:३३ | Wednesday, July 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast