एक हजार २५० मेट्रिकटन मल सोमबार आयात हुँदै

हिमाल प्रेस ३ साउन २०८३ २१:०७ | Sunday, July 19, 2026
16
SHARES
एक हजार २५० मेट्रिकटन मल सोमबार आयात हुँदै

काठमाडौँ- कृषि वन तथा पर्यावरण मन्त्रालयले एक हजार २५० मेट्रिकटन डीएपी रासायनिक मल सोमबार नेपाल आइपुग्ने जनाएको छ।

‘ग्लोबल टेन्डर’मार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिकटक डीएपी मल भारतको कोलकाता बन्दरगाहमा जुलाई १० मा आइपुगेको थियो।

सो मलमध्ये एक हजार २५० मेट्रिकटन मल यही साउन १ गते नेपालतर्फ ढुवानी सुरु भएको थियो। बाँकी मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) को काम भइरहेको जनाइएको छ।

प्याकेजिङ सम्पन्न भएसँगै मल क्रमशः नेपाल भित्रने कृषि वन तथा पर्यावरणमन्त्रीको सचिवालयले जनाएको छ। मल आपूर्तिको व्यवस्थापन कृषि सामग्री कम्पनीबाट हुँदै आएको छ।

प्रकाशित: ३ साउन २०८३ २१:०७ | Sunday, July 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast