बागमतीमा डुबेका १२ वर्षीय बालकको उद्धार, उपचारका लागि अस्पताल पठाइयो

हिमाल प्रेस ४ साउन २०८३ १३:११ | Monday, July 20, 2026
14
SHARES
बागमतीमा डुबेका १२ वर्षीय बालकको उद्धार, उपचारका लागि अस्पताल पठाइयो

काठमाडौँ- काठमाडौँको गोकर्णेश्वर नगरपालिका-१ स्थित बागमती खोलाको बोक्सी दहमा पौडी खेल्ने क्रममा डुबेका १२ वर्षीय एक बालकको सकुशल उद्धार गरिएको छ।

नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार शनिबार भएको उक्त घटनापछि नं. १ विपद् व्यवस्थापन गण र नेपाल प्रहरीको संयुक्त टोलीले तत्काल उद्धार अभियान सञ्चालन गरेको थियो।

संयुक्त टोलीले बालकलाई अचेत अवस्थामा उद्धार गरी थप उपचारका लागि नेपाल मेडिकल कलेज पठाएको निर्देशनालयले जनाएको छ।

बालकको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रकाशित: ४ साउन २०८३ १३:११ | Monday, July 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast