दुर्घटनामा नेविसंघका युवा नेता राजीव बास्तोलाको निधन

हिमाल प्रेस १ असार २०८३ ८:२३ | Monday, June 15, 2026
22
SHARES
दुर्घटनामा नेविसंघका युवा नेता राजीव बास्तोलाको निधन

पोखरा- नेपाल विद्यार्थी संघका युवा नेता राजीव बास्तोलाको पोखरामा दुर्घटनामा परी मृत्यु भएको छ। पोखरा–१९, उपल्लो काउरे निवासी ३२ वर्षीय बास्तोला नेपाली कांग्रेस गण्डकीका सदस्य खिमलाल बास्तोलाको सुपुत्र हुन्।

पोखराको सभागृह चोक नजिक आइतबार साँझ सवा ६ बजे सिर्जनाचोकदेखि सभागृहचोकतर्फ आउँदै गरेको उनी सवार ग १२ प २६३१ नम्बरको मोटरसाइकललाई एकै दिशातर्फ आउँदै गरेको बा।प्र।०३–००१क १६५० नम्बरको रेडी मिक्चरले ठक्कर दिएको हो। ठक्करबाट घाइते बास्तोलालाई मेट्रो सिटी अस्पताल, सिर्जनाचोक लगिएकोमा चिकित्सकले मृत घोषित गरेका हुन्। रेडी मिक्चर चालक हेटौडा–७ घर भएका ४० वर्षीय राजन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको छ।

बास्तोला पछिल्लो समय कास्की जिल्ला सहकारीमा कार्यरत् थिए। उनी नेविसंघको केन्द्रीय समेत भएका थिए ।

प्रकाशित: १ असार २०८३ ८:२३ | Monday, June 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast